नेपाल: भारत र चीनबीचको पुल कि ढाल

June 17, 2013 | Siddiq Ansari | 0 comments

नेपाल एउटा भू-परिवेष्ठित मुलुक मात्र नभएर भूगोलमा यसको स्थानले रणनैतिक तथा सामरिक महत्वसमेत बोकेको छ। २०० कि.मि. को औसत चौडाई र १००० कि.मि. भन्दा बढी लम्बाई भएको यो मुलुक दुई विशाल देशहरू बीच भएर पनि यसले आफ्नो रणनैतिक महत्वबाट फाईदा उठाउन नसकेकै हो। मुख्यत: छिमेकी मुलुकहरुलाई लिएर अख्तियार गरिएको हाम्रो विदेश नितिमा नै कमजोरी रहेको देखिन्छ। किनकि विगत ६ दशकदेखि हामीले अपनाएको भारत र चीनसँगको विदेश निति जो \'आर्थिक पुल\' भन्ने रहेको छ उक्त निति धेरै हदसम्म फेल भइसकेको छ। नेपाल भनेको भारत र चीनबीचको सेतु बन्नु पर्छ भन्ने धारणा अहिलेसम्मका सबै नेताहरूले दोहोर्याउँदै आएका छन्। तर के यो निति नेपालले आफ्नो अनुकुलतामा आफ्नो हितको लागि जन्माएको निति हो? होइन, मेरो बुझाईमा यो छिमेकी मित्रराष्ट्रहरुले  नेपालमाथि थोपारेको निति हो। यदि होइन भने हामीले यो पुलको निति अख्तियार गरेर अहिलेसम्म के नै हासिल गर्न सकेका छौँ? यो नितिको प्रयोगले हामीले सम्झिन लायक वा अनुभुत गर्न लायक न त केही हासिल गरेका छौँ र न त केही हासिल नै हुनेछ्। किनकि यस नितिबाट स्वार्थपुर्ति छिमेकी राष्ट्रलाई मात्र भएको छ। बरु यो नितिको कारणले हामी झन् उनीहरुप्रति बढी भन्दा बढी आश्रित हुँदै गइरहेका छौँ। तसर्थ हामीले यो निति अख्तियार गर्नु गल्ती नै रहेछ भनी स्वीकार्नै पर्छ। र अब उपरान्त यस्तो हुनु हुँदैन। यो क्रमलाई यहीँ भङ्ग गर्नुपर्छ। साथसाथै यस नितिमाथि आधारित हाम्रो कुटनिति पनि परिवर्तन गर्नुपर्ने आवश्यक देखिन्छ।

 à¤ªà¥à¤² बन्ने निति छाडेर हामीले कुन निति अख्तियार गर्नुपर्छ भन्दा अब हामी पुल बन्न छाडेर ढाल (SHIELD) बन्नुपर्ने टड्कारो आवश्यकता रहेको देखिन्छ। अब नेपाल भारत र चीनबीचको ढाल बन्नुपर्छ जसले स्वयम् हाम्रो सार्वभौमसत्ता तथा सुरक्षालाई मजबुत पार्नेछ। र प्रमुख कुरा के हो भने जसरी अहिलेसम्म चीन र भारत हाम्रालागि आवश्यक थिए भने यो निति अख्तियार गरेपछि नेपाल, चीन र भारतका लागि अत्यावश्यक हुन पुग्नेछ। जब हामी ढालमा परिवर्तित हुन्छौँ तब यो ढालको सुरक्षा र विकासलाई मजबुत पार्ने जिम्मेवारी पनि योसँग आबद्ध सबै सरोकारवालाहरुकै हुनेछ, जो अन्तत: सबैको हितमै हुनेछ। तसर्थ हामीले BRIDGE हुन छाडेर SHIELD बन्नेतर्फ अग्रसर हुनुपर्यो।

 à¤à¤Ÿà¥à¤Ÿ विश्लेषण गर्दा नेपालले ढालको निति अख्तियार गर्न लेखेजति सजिलो त अवश्य छैन तर असम्भव पनि त छैन। यदि हामी आफ्नो अस्तित्वको रक्षा तथा मुलुकलाई सुदृढीकरणतर्फ उन्मुख गराउन चाहन्छौँ भने केही जोखिम त अवश्य नै उठाउनै पर्छ होइन भने अहिले भोगिरहेको अप्रत्यक्ष वा प्रत्यक्ष दासतालाई नै नेपालीको मूल सिद्धान्त हो भनी स्वीकार गरी भविष्यमा पुर्ण रुपले दासता स्वीकार गर्नेछौँ भनी आफ्नो मनस्थिति अहिलेदेखि नै बनाई राख्नुपर्यो। प्राय: नेपालीहरु स्वर्गमा बस्ने बानीमा अभ्यस्त भइसकेको हुनाले तिनीहरुलाई गार्हो र सार्हो पनि हुन्छ तर यस मुलुकको सार्वभौमसत्ता मात्र होइन यसको दिगो विकासको लागि पनि हामीले पुरानो र काम नलाग्ने निति छाडेर नयाँ निति अवलम्बन गर्नुपर्ने अति आवश्यक भइसकेको छ। हामी पुल मात्र भएर भारत र चीनमाथि सदा सदाका लागि अड्कि राख्ने ती मुलुकहरु हामीमाथि टेकेर आफ्नो आर्थिक लगायतका क्रियाकलाप गरी राख्ने र हामि जहिले पानि उनीहरुले केही चुहाइदेलान् र हामी आफ्नो झोला भरौँला भनेर बसियो भने हुनेवाला केही छैन। अहं:। हामीले सर्वप्रथम आफ्नो राष्ट्रिय स्वार्थलाई नै सर्वोपरि ठान्नुपर्यो। र त्यसकोलागि केही जोखिम मोल्नु पर्यो भनेपनि त्यसको लागि तयार हुनुपर्यो। आज विश्वमा युरोप, अमेरिका, चीन, जापान लगायतका मुलुकहरु जसरी विश्वसामु आफुलाई हरेक कोणबाट उभ्याउन सकेका छन् त्यसको पछाडि त्यस मुलुकको वैदेशिक निति, बलिदान र त्यागको लामो ईतिहास छ। तर विडम्बना र अफसोसको कुरा के छ भने नेपालीको त्याग र बलिदान आफ्नो भूमिमा कम र विदेशी भूमिमा धेरै गरेको पाइन्छ र धेरै मुर्खहरुले यसलाई नेपालको गरिमासँग तुलना गर्न पुग्छन्।

 à¤­à¤¾à¤°à¤¤, जो आफुलाई विश्वकै ठुलो प्रजातान्त्त्रिक देश भनेर चिनाउँछ तर आफ्नै छिमेकी देशको सिमाना तीनै दिशाबाट मिचिराख्दा मित्रताको परिभाषालाई नै बिर्सेर अरुको प्रजातान्त्रिक अधिकारमाथि नै तुषारापात गरिराखेको छ जसको प्रशस्त तथ्यहरु हाम्रो सामुन्ने छ। आफुलाई नेपालको सच्चा छिमेकी राष्ट्र हूँ भन्ने तर मित्रवत भन्दा पनि दास र मालिकको जस्तो सम्बन्ध कायम गर्न अग्रसर देखिन्छ। मेरो विचारमा यो भारतको उदणडता भन्दा पनि नेपाली र नेपाल सरकारको दास मानसिकताको उपज हो। शायद यो पनि हुन सक्छ कि ब्रिटिशहरु भारतबाट बिदा लिने क्रममा साम्राज्यवाद नामक भाइरस केही भारतीयहरुको मन-मस्तिष्कमा रोपिदिए जसले अहिले आएर आफ्नो रुप धारण गरेको छ। यी सबैको बावजुद यदि कमजोरीको आभाष मलाई कतैबाट हुन्छ भने त्यो हाम्रैमा भेट्छु। किनकि नेपालको हरेक पुस्ताको नेतृत्वले नेपाललाई बाहिरी मुलुकका अगाडि गरिब, पिछडिएको र आश्रित भनी प्रस्तुत गरे भने नेपालीका सामु हामी सार्वभौम हौँ भनी नाटक रचे। हो, नेपालीको यही आत्मविश्वासको कमीको फाईदा उठाउन सक्नेले उठाइराखेका छन्। ईतिहास साक्षी छ कि कुनै पनि देश त्यसको सिमाना ठुलो हुँदैमा बलिया भएका छैनन् कि त्यस देशका जनता बलिया भएर, त्यस देशको निति र कुटनिति बलियो भएर त्यो देश बलियो भएको हुन्छ। कहिले काहीँ त अनुभुत हुन्छ कि नेपालीहरुलाई स्वतन्त्रता नपचेको हो कि जसले गर्दा साढे दुइ करोडको जनसँख्या भएको मुलुकमा १४० भन्दा बढी राजनैतिक पार्टीहरु जन्मिएका छन्। कुरा के हो यो सबै प्रपण्च बढी भन्दा बढी देशद्रोही दलालहरुलाई सँस्थागत गरी दलालीकरणलाई पोषित गर्नको लागि हो। यहाँसम्म कि सार्वजनिक रुपमै आइसकेको तथ्य के हो भने नेपालको लगभग आधाभन्दा बेसी अधिकारीतन्त्र (कर्मचारीतन्त्त्र) विदेशी दलालीकरणको शिकार भइसकेको छ र जसलाई हामीहरु आफुले तिरेको करबाट पनि त्यसता सर्पहरुलाई दुध खुवाइरहेका छौँ। यो सबै किरा लागेका हाँगाहरु कतै न कतैबाट हाम्रो वैदेशिक नितिले गर्दा नै उब्जिएका समस्याहरु हुन्।

 à¤•ुनै पनि निति अवलम्बन गर्नका लागि केही आधारहरुको आवश्यकता पर्दछ। हाम्रो हकमा ती आधारहरु यसरी समेट्न सकिन्छ: चीन विरोधी अराजकताको नियन्त्रण र भारत र चीनबीच रहेको सीमा विवाद, जसलाई लिएर भारत र चीनबीच युद्ध पनि भइसकेको छ। यी दुई मुख्य आधार हुन सक्छन् ढाल निति प्रयोगको लागि। अचेल भारत र चीनका ठूला उच्च पदस्थ राजनितिक भेटघाटले यी दुवैबीच सामिप्यता देखिएता पनि दलाई लामाको भारतमा शरण र त्यहाँ बसी नेपाली भूमि दुरुपयोग गरी बेलाबेलामा गरिने चीन विरोधी आन्दोलन चीनको केन्द्रको टाउको दुखाईको विषय बन्दै आएको छ। र यसलाई नियन्त्रण गर्न चीन सरकारले पटक पटक नेपाल सरकारसँग गम्भिरताका साथ माग गर्ने गरेको छ। र अर्कोतिर चीनियाँ सामानहरूले भारतको बजार बिगार्ने खतरा भारतलाई रहेको छ जसको प्रभाव उसले नेपाल-भारत सीमामा भोग्दै आएको छ र यो विषय दिन-प्रतिदिन भारतको चासोको विषय बन्दै गएको छ। घरिघरि भारतले लगाउने गरेको आरोप जुन भारत विरुद्ध नेपाल प्रयोग गरी गरिने पाकिस्तानी घुसपैठले पनि ढाल निति प्रयोग गर्नका लागि बाटो प्रशस्त गर्छ। त्यसैले जबसम्म नेपाल स्वयम् आफूलाई रक्षार्थ उभ्याउन सक्दैन तबसम्म नेपाली भूमिको दुरुपयोग हुनु स्वभाविक नै छ र यो तबसम्म कायम रहने छ जबसम्म हामी आन्तरिक रुपले सबल र सुदृढ हुँदैनौँ र यो तब मात्र सम्भव हुनेछ जब हाम्रो परनिर्भरता घटेर शून्यमा झर्नेछ र यो तबमात्र सम्भव छ जब हामी आफुले अपनाएको नितिमा परिवर्तन गर्नेछौँ।

Comments

Post Your Comment

Database based Nepali Date Converter

Convert Nepali date (B.S.) to English Date (A.D.) or Vice-Versa

Nepali Date
Gregorian Date

From 1900-01-01 A.D. to 2020-12-30 A.D.

From 1956/09/19 B.S. to 2077/09/15 B.S.

 

Download Nepali Date Converter

Like us on Facebook

Follow me on Google Plus

Follow me on Twitter