दुई लाईन सँघर्षपछिको यथास्थितिवाद

August 20, 2013 | Siddiq Ansari | 0 comments

जुन पार्टीमा वैचारिक सँघर्ष चलिरहेको हुन्छ, वास्तवमा जीवन्त पार्टी भनेको त्यही नै हो। एंगेल्सका अनुसार विचार नियमहरूको सिद्धान्त भनेको कुनै पनि अर्थमा सदा सदाका लागि स्थापित चीर सत्य होइन। निरन्तर परिवर्तनशील र सिर्जनात्मक विकासको प्रक्रिया नै असल मार्क्सवाद हो। कम्युनिष्ट पार्टी विपरितहरुको एकत्वमा आधारित सँगठन हो न कि एकमनावादी सँगठन। त्यस कारण कम्युनिष्ट पार्टीमा जहिले पनि वैचारिक सँघर्ष चलिरहनुपर्छ र मार्क्सवादको वैचारिक परिधिभित्र रहेर आफ्ना भिन्न मतहरु स्पष्ट राख्ने कार्यलाई प्रोत्साहित गरिनु पर्दछ। विचारको विकासको क्रममा वैचारिक अन्तरसँघर्षले त्यस कालखण्डका लागि मात्रै वैचारिक ध्रुविकरण हुनु ठीक हो र सँघर्षबाट निस्कने परिणाम वा विचार जो सबैको लागि साझा हुन्छ, त्यस मार्फत नै पार्टीको कार्यक्रमलाई दिशानिर्देशित गरिनुपर्दछ। यसरी टुङ्गिने अन्तरसँघर्षले पार्टीलाई नयाँ जीवन प्रदान गरेको हुन्छ भने ध्वँसपछिको निर्माण भन्ने सिद्धान्तलाई आत्मसात गरेको हुन्छ। यदि यसो नभएर दुई लाईन सँघर्षकै क्रममा जन्मेको वैचारिक ध्रुविकरण लामो समयसम पनि कायम रहिरह्यो भने यसले यथास्थितिवादको जन्न गराउँछ जबकि रूपमा पार्टीको सामुहिक विचार बनेको जस्तो देखिन्छ भने सारमा सँघर्ष चलिरहेकै स्थिति रहेको हुन्छ जसले गर्दा पार्टी गतिशील भएको जस्तो त देखिन्छ तर त्यो ड्राइभर र यात्रु भएको तर स्टीयरिङ नभएको बस जस्तो हुन पुग्छ जो जुनसुकै बेला भीरबाट लडेर समाप्त हुन सक्छ।

 à¤µà¥ˆà¤œà¥à¤žà¤¾à¤¨à¤¿à¤• द्वन्द्धवादको सिद्धान्त बुझेका, वैचारिक सँघर्षको आत्मा बुझेका र क्रान्ति पतनको कारण बुझेकाहरु आफुलाई सजिलैसँग गतिशील र प्रगतिशील बनाइराख्छन तर परिस्थितिको एउटा पाटो मात्र देख्ने र सबैथोक यसैमा निहित छ भनेर व्याख्या गर्नेहरुको वैज्ञानिक धरातल पनि समाप्त हुन्छ र उनीहरु यथास्थितिमा रम्दै आफुलाई पतनको बाटोतिर डोर्याउँदै लग्छन्। पुरातन र विभेदको सँस्कृति र परम्परागत मूल्यमान्यतामा आधारित हाम्रो जस्तो नेपाली समाजमा वैचारिक प्रभावभन्दा पनि वस्तगत प्रभाव बढी परको देखिन्छ। ईतिहासको कुनै विशेष कालखण्डमा मात्रै यो समाज वैचारिक प्रभावले प्रेरित भएको देखिएको छ, होइन भने यो मुख्यत: वस्तुगत प्रभावकै शिकार भएको पाइएको छ। यो यस समाजको नकारात्मक विशेषता नै मान्नुपर्दछ र क्रान्तिलाई नेतृत्व गर्नेले यस किसिमको विशेषतालाई सधैँ ख्याल राख्नुपर्ने हुन्छ। हामीलाई थाहा छ कि वस्तुगत र आत्मगत, दुवै पक्षको सही सँयोजनले मात्र सही क्रान्ति हुन्छ र यसको सही मुल्याँकनमा आधारित लाईन नै क्रान्तिकारी लाईन हुन्छ। नेपालको अहिले सँक्रमणकालीन अवस्थामा त अझै यसको बुझाई झनै महत्वपुर्ण हुन्छ किनकि हामीले अहिलेसम्म पाएका उपलब्धिहरुको रक्षा गर्दै क्रान्तिलाई पूर्णतामा सम्पन्न गर्ने अभिभारा पनि हाम्रै काँधमाथि छ।

 à¤µà¥ˆà¤šà¤¾à¤°à¤¿à¤• सँघर्षलाई नेतृत्व तहबाट जनताको तहसम्म ल्याएर बृहत रुपमा छलफल चलाउनु जनवादको ठुलो र महत्वपूर्ण अभ्यास मान्न सकिन्छ र हो पनि। यसरी हुने वैचारिक टकराव, वैचारिक ध्रुविकरण र फेरि वैचारिक सँघर्ष पछि जन्म हुने विचारसम्म आईपुग्दा सम्पूर्ण क्रान्तिकारी अभ्यास ठीक ढङ्गले चलिरहेको हुन्छ तर त्यसपछि पार्टीको हरेक प्रणालीमा एक किसिमको शैथिल्य प्रभाव (hysteresis effect) देखा पर्ने गर्दछ। जसलाई एक प्रकारको यथास्थितिवादको सुक्ष्म रुप पनि भन्न सकिन्छ। यसले क्रान्तिको भावी कार्यक्रम र रुपरेखामा ठुलो नकारात्मक असर पुर्याउने गरेको हुन्छ र यदि यसलाई समय छँदै न्युनिकरण वा सुधार गर्न सकिएन भने यसले वास्तवमै यथास्थितिवादको जन्म गराउँछ जो एउटा क्रान्तिकारी लाईन बोकेर हिँडेको पार्टीको लागि खतरनाक कुरा हो। शैथिल्य प्रभाव, प्रक्रियाको त्यस्तो गुण हो जसमा उपजको गुणत्व निवेशको गुणत्वले सीधसीधा र समान रुपले निर्देशित भएको हुँदैन र निवेशको गुणले उपजमा परेको प्रभाव पछिसम्म पनि रहने गर्दछ, भनौँ त्यसमा एक किसिमको शिथिलता उत्पन्न हुने गर्दछ र निवेश र उपजमा तालमेल नमिलेको देखिन्छ। त्यसकारण हरेक वैचारिक सँघर्षपछि यस्तो किसिमको शैथिल्य प्रभावलाई सकेसम्म छिटो न्युनिकरण गरि क्रान्तिकारी धारलाई कायम राख्दै पार्टीलाई प्रगतिशील बनाइनु पर्दछ। अनिमात्र अन्तरसँघर्षको अभ्यासले सही मानेमा सार्थक साबित हुनसक्छ। र यदि सही तरिकाले यस प्रभावलाई सुधार गरिएन भने यो उत्कर्षमा पुग्छ तब गुट-उपगुटहरुको जन्म गराउँछ र पार्टी विभाजनतिर उन्मुख हुँदै पतन हुन पुग्छ।

 à¤¨à¥‡à¤ªà¤¾à¤²à¤•à¥‹ कम्युनिष्ट आन्दोलनको वैचारिक सँघर्षको इतिहास हेर्ने हो भने हामी सजिलै थाहा पाउन सक्छौँ कि किन र कसरी यत्तिका कम्युनिष्ट पार्टीहरु जन्मिए? यसलाई शैथिल्य प्रभावको सापेक्षमा विश्लेषण गर्दा हामीले यस तथ्यलाई प्रमाणित गर्न सक्छौँ। वास्तवमै दुई लाईन सँघर्ष, वैचारिक सँघर्ष पछि जन्म हुने यस प्रभावलाई सही रुपमा बुझ्न नसकेर, यसलाई निर्मुल पार्न नसक्दा गुटको अवस्था सृजना हुनपुग्छ र पार्टीका सबै सँरचनाहरु भताभुङ हुन्छन्। अब प्रश्न यो रहन्छ कि यो प्रभावलाई कसरी सकेसम्म छिटो निर्मुल पार्ने? सरल छ। हरके वैचारिक अन्तरसँघर्ष पछि पार्टीले एउटा लामो छलाँङ्ग मार्नुपर्ने हुन्छ, प्रक्रियागत र प्रणालीगत छलाँङ्ग। अनिमात्र पार्टी प्रणालीलाई यथास्थितिबाट जोगाउन सकिन्छ। पार्टीलाई विपरितहरुको एकत्वको रुपमा बुझ्दै, अन्तरसँघर्षपछिको प्रभाव मेट्दै, क्रान्तिकारी लाईन निर्माण गर्दै, प्राप्त उपलब्धिहरुको रक्षा गर्दै सर्वहाराहरुको जनवादी क्रान्ति विसर्जन हुनबाट बचाउन सकिन्छ र समाजवादतिर अगाडि बढ्न सकिन्छ।

हाम्रो पार्टीमा पनि समयक्रममा केन्द्रको बहसहरुलाई पार्टीको तल्लो सँरचनासम्म लगेर बृहत जनवादको अभ्यास गरियो, त्यसपछि पार्टीको एउटा सिङ्गो विचार सार्वजनिक भयो र पार्टीले त्यसै विचारमा आधारित रही कार्यक्रमहरुको विकास गर्यो। तर अब यो सबैले मान्नै पर्छ कि वैचारिक सँघर्षको क्रममा जन्मेको त्यो शैथिल्य प्रभावलाई निर्मुल पार्न नसकेर अहिले पनि पार्टीका विभिन्न सँरचनाहरुमा यथास्थितिवादी सोच हावी रहेको देखिन्छ जुन अहिले सानो आकारमा भएता पनि यसले आफुलाई उत्कर्षमा पुर्याउन सक्ने धेरै आधारहरु भेट्टाउन सकिन्छ। परिणामस्वरुप हामीले अहिलेसम्म हासिल गरेका उपलब्धिहरु लोप खतरा रहेको छ। त्यसकारण, हाम्रो यो मौलिक किसिमको जनवादी क्रान्तिलाई नेतृत्व गर्ने सबैले यसको महत्व र प्रभाव बुझ्दै ठोस कार्यक्रमहरुमार्फत पार्टीलाई एउटा लामो छलाङ्गका निम्ति तयार गर्नुपर्छ। यो तबमात्र सम्भव छ जब नेतृत्व पँक्ति स्वयम् आफुलाई त्यस शैथिल्य प्रभावबाट जोगाउन सकोस्।  

Comments

Post Your Comment

Database based Nepali Date Converter

Convert Nepali date (B.S.) to English Date (A.D.) or Vice-Versa

Nepali Date
Gregorian Date

From 1900-01-01 A.D. to 2020-12-30 A.D.

From 1956/09/19 B.S. to 2077/09/15 B.S.

 

Download Nepali Date Converter

Like us on Facebook

Follow me on Google Plus

Follow me on Twitter